भारतीय युवा वामपन्थी नेता एवं जेएनयू विद्यार्थी संघका पूर्व अध्यक्ष कन्हैया कुमारलाई बिहार प्रहरीले पक्राउ गरेको छ । कन्हैयाले बिहारको पश्चिम चम्पारण जिल्लाबाट सीएए, एनआरसी र एनपीआरविरुद्ध विरोध प्रदर्शन सुरु गरेका थिए । उनले बेतियाको
गान्धी मैदानमा सभा गर्ने तयारी गरेका थिए । सभा गर्नका लागि स्थानीय प्रशासनबाट अनुमति नपाएपछि कन्हैया गान्धी आश्रम बाहिर धर्नामा बसेका थिए । प्रहरीले धर्नास्थलबाटै कन्हैयालाई पक्राउ गरेको हो ।
सभा गर्न नदिएको भन्दै कन्हैयाका कार्यकर्ताहरू आक्रोशित बनेका छन् । उनीहरुले गान्धी आश्रमको बाहिर प्रदर्शन समेत सुरु गरेका छन । प्रदर्शनपछि सो क्षेत्र तनावग्रस्त बनेको र अवस्थालाई ध्यानमा राख्दै सो क्षेत्रमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।
कन्हैयाले आफूले आज प्रदर्शन गर्ने पूर्वसूचना प्रशासनलाई दिए पनि पहिले नरोकेको र कार्यक्रमको तयारी भएपछि रोेकिएको भन्दै आपत्ति जनाएका छन् ।






















