
काठमाडौं- वरिष्ठ दन्तरोग विशेषज्ञ डा निरज पन्तको निधन भएको छ। डा पन्तको उपचारका क्रममा मंगलबार निधन भएको हो।
५१ वर्षिय डा पन्तलाई गत बिहीबार मस्तिष्कघात भएको थियो। उनको नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
ओरल तथा म्याक्जिलोफेसियल सर्जन डा पन्त नेपाल मेडिकल कलेज जोरपाटीमा डेन्टल विभागका प्रबन्ध निर्देशकका रुपमा कार्यरत थिए। डा पन्त नेपाल मेडिकल काउन्सिलका सदस्य समेत भएका थिए।