
माघ १४, २०७६ : उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले नियन्त्रित लागुऔषध सहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।
नियमित चेकजाँचमा खटिएको प्रहरी टोलीले लाहानबाट गाईघाट तर्फ जाँदै गरेको ना ५ ख ८४७९ नम्बरको बसमा सवार रहेका त्रियुगा नगरपलिका- १६ का २२ बर्षीय सन्तोष परियार र मोरङ हसन्दहका २३ बर्षीय पुष्पराज तिम्सिनालाई ३४ट्याब्लेट नाईट्रोजेपाम सहित पक्राउ गरेको हो ।
लाहानबाट गाईघाट तर्फ जाँदै गरेको ना १ ज ७३४३ नम्बरको बसमा सवार रहेका सप्तरीको खडक नगरपालिका-५ का २२ बर्षीय सुन्दर मण्डल र १५ बर्षीय मोहम्बद फिरोजलाई १८७ ट्याब्लेट लागुऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ परेका ४ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
याे पनि पड्नुहाेस……
कुटपिटबाट १ जनाको मृत्यु कुटपिटमा संग्लग्न ७ जना प्रहरीको नियन्त्रणमा
मोरङको धनपालथान गाउँपालिका-४ का ३८ बर्षीय बिशुन देव मुखियाको कुटपिटबाट मृत्यु भएको छ । गत माघ ४ गते धनपालथान गाउँपालिका-४ को एक होटलमा मादक पदार्थ सेवन गरी भएको बादबिबाद र कुटपिटबाट घाईते भएका मुखियाको उपचारको क्रममा हिजो, सोमवार राती साँढे ८ बजे बिराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको हो भने कुटपिटमा संग्लग्न रहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कुटपिटमा संग्लग्न स्थानीय ३० बर्षीय धनिराम मुखिया, २० बर्षीय हरिओम महतो, ३५ बर्षीय मणी चन्द्र महतो, ६१ बर्षीय रामबिलास महतो र ३२ बर्षीय शंकर महतोलाई ईलाका प्रहरी कार्यालय रङगेलीले नियन्त्रणमा लिएको हो ।
यसैगरी कुटपिटमै संग्लग्न रहेका १८ बर्षीय किसन महतो र १५ बर्षीया जमुना कुमारी महतो भने सामान्य घाईते रहेको हुँदा प्रहरी चौकी कर्सियाको निग्रानीमा स्थानीय मेडिकलमा उपचार भईरहेको छ । घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।