
धनकुटाको पाख्रीवास घर भएका प्रहरी जवान सरोज गिरी लागुऔषधसहित बिराटनगरबाट पक्राउ परेका छन् । भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा २३ बर्षीय गिरीलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले पक्राउ गरेको हो ।
गिरीले ज्याकेटको गोजीमा राखेर ल्याउँदै गरेको अवस्थामा १ सय ४४ ट्याब्लेट स्पास्मोप्रोक्सिभन नामक लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डीएसपी लोकदर्शन थापाले जानकारी दिए ।
पैदल हिडेर आउँदै गरेका गिरीको व्यवहार शंकास्पद लागेपछि विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटमा चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध बरामद भएको हो ।
पक्राउ परेका गिरीविरुद्ध लागुऔषध ऐन अन्तर्गत मुद्दा दायर गरी जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।