
१३ माघ । गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राउतविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा यसअघि नै पक्राउ अनुमति जारी गरिएको थियो ।
महानगरीय प्रहरी परिसर टेकुका प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले अभद्र व्यवहार सम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
गायिका राउत परिवारसँग प्रहरीको सम्पर्कमा आएकै बेला पक्राउ परेकी हुन् । उनले आफन्तले महानरीगय प्रहरी परिसर काठमाडौंमा सोमबार बिहान लगेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीविरुद्द अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चल्ने प्रहरीले जनाएको छ । यसअघि प्रहरीले राउत स्वयम् प्रहरी सम्पर्कमा आएका लचिलो बन्न सक्ने संकेत गरेको थियो ।
यसअघि आस्था कार्यक्रममा सहभागी हुन केही दिन नेपाल बाहिर थिइन् । माघ ५ मा गायिका आस्थाविरुद्ध प्रकाउ पुर्जी जारी भएको थियो।
विमानस्थलमा आस्थाले चेकजाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठमाथि ‘अभद्र व्यवहार’ गरेको उजुरी परेको थियो । आस्थाले विमानस्थलमा आफूमाथि दुर्व्यवहार भएको माघ १ मा सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेकी थिइन् ।