सरकार समृद्ध नेपाल निमार्णको राष्ट्रिय अभियानमा छः प्रधानमन्त्री ओली

२०७६, ११ माघ: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार राष्ट्रिय निर्माणको महान अभियानमा लागेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउँदै आएको सोनाम ल्होछारको शुभकामना दिँदै उक्त कुरा बताउनुभएको हो ।

ओलीले सोनाम ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि एंव उत्तररोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले हरेक वर्ष माघ शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्षारम्भका रुपमा तामाङ समुदायले मनाउने सोनाम ल्होछारले उक्त समुदायको परम्परागत संस्कृतिको संरक्षण र संवद्र्धनमा महत्पूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार