आस्था राउत प्रकरण : प्रमाेद खरेलकाे यस्ताे स्टाटस……..

अभद्र व्यवहारसम्बन्धी कसुरमा गायिका आस्था राउत पक्राउ पर्ने भएकी छिन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका राउतलाई पक्राउ गर्न अनुमति जारी गरेको छ । यसअघि प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको छ । प्रहरीले राउतलाई फरार अभियुक्तको सूचीमा राखेको छ ।

राउतले बधुबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूलाई नियमित सुरक्षा जाँचका क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै आक्रोशपूर्ण भिडियो सन्देश जारी गरेकी थिइन् । उनले सो क्रममा प्रहरीपति नकारात्मक शब्द प्रयोग गरेकी थिइन् ।

भिडियो भाइरल भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीलाई निर्देशन दिएको थियो । त्यसपछि रानीपोखरीबाट विमानस्थलमा भएको घटनाबारे छानबिन सुरु भएको थियो ।

घटनाको भोलिपल्ट विमानस्थलमा प्रहरी र गायिकाबीच भएका विवादको भिडियो फुटेज सार्वजनिक भएको थियो । महिला प्रहरी रमिला श्रेष्ठको किटानी जाहेरीका आधारमा प्रहरीले राउतमाथि पक्राउ अनुमति जारी गरेको हो । श्रेष्ठले पनि अभद्र व्यवहारसम्बन्धी कसुरमा कारबाहीको माग गर्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमार्फत जोहरी दिएकी थिइन् ।

प्रमाेद खरेलकाे यस्ताे स्टाटस
गायक गायिका को विषयमा बोल्ने एउटा पनि संस्था नभएको अनुभव भयो हाल आएर । सेतुराम देखि आजको दिनसम्म को इतिहास बोकेको यो राष्ट्रकै अभिन्न अंग भैसक्ने बेलामा पनि संस्थागत रुपमा शुन्य नै रहेको आभाष भयो अहिले ।
केहि दिन देखि चर्चा मा रहेको आस्था राउत प्रकरण मा सकारात्मक वा नकारात्मक ,( समर्थन वा आलोचना, ) कुनै पनि टिप्पणी गर्ने गायक गायिका को संस्था नहुदा करोडौ श्रोताले माया र स्नेह दिएको यो क्षेत्र नै विचरो अवस्था भएको आभाष भएको छ।

अब विषय तिर लागौ #आस्था_प्रकरण
गएको केहि दिन बाट सामाजिक सन्जालमा भाइरल यो प्रकरण ले आश्था राउत लाइ पक्रने आदेश दिएको छ। जहॉ सम्म लाग्छ , यो निर्णय बाहिरिएको सिसिटिभी फ़ुटेज भन्दा पनि उनले फ़ेसबुक लाइभमा दिएको अभिव्यक्ति र त्यसमा प्रयोग भएका शव्दहरु हरु नै हुन।

जुन आफैमा केहि अस्वाभाविक र कलाकार लाइ असुहाउदा नै छन, र देशमा कर्तव्य निर्वाह गर्ने प्रहरी का लागि निश्चय नै आपत्तिजनक हुन दुइमत छैन। जुन बारे स्वयम् आश्था ले नै स्विकार गरी माफ़ी मागीसकेकी छिन। तर माफ़ी ले नपुगेरै होला प्रहरी ले अनुसन्धान का निम्ति पक्राउ आदेश जारी गरेको र आस्थाले सिक्किम बाटै प्रहरी लाइ सहयोग गर्ने बताइसकेकी छिन।

सिसिटिभी फ़ुटेज मा अडियो छैन, दुवैले के बोले थाहा छैन। जहॉ दुवैको दोष हुन सक्छ, प्रहरी को चेकिंग मा सहयोग नगर्ने आश्था को कमजोरी हो दुइ मत छैन, तर प्रहरी ले पनि आस्था सँग गरेको व्यवहार कस्तो थियो त्यसमा भर पर्छ , उनि बिनाकारण नै रिसाइन त ?? पक्कै पनि होइन। दिनभर डुयटि ले थकान भएर प्रहरी ले यस्तो व्यवहार गरिन होला भन्न पनि मिल्दैन तसर्थ गल्ति को प्रतिशत जति जति भएपनि अनुसन्धान दुइपक्षिय नै हुनुपर्छ एक पक्षिय हैन यदि अघि बढ्ने नै हो भने।

तर ….. ….
आम नागरिक को प्रहरी प्रति को विश्वस्वनियता , नागरिक प्रति प्रहरी को हातेमालो, अझ विगत देखि नै कलाकार लाइ प्रहरी ले र प्रहरी लाइ कलाकार ले गर्ने व्यवहार पवित्र छ। एकाध व्यक्तिगत घटना लाइ समग्र कलाकार र समग्र प्रहरी क्षेत्र जोडनु जोडाउनु दुर्भाग्य हुनेछ । सामाजिक सन्जाल मा कलाकार र प्रहरी का पक्ष विपक्ष हुदै धुर्विकरण तिर जाने र इख बटुलेर अघि बढने हो भने त्यसले दीर्घकालीन फ़ायदा गर्दैन।

आस्था यस घटना बाट विक्षिप्त पक्कै छिन, आम नागरिक सरह नै उनले पनि दण्ड भोग्लिन नै, यसमा प्रहरी र निर्णय कर्ताले नै टुंगो लाउलान । वा सामान्य पुछताछ पछि घटना सकिएला ।

र आश्था ले सार्वजनिक रुपमा माफि माग्दै घटना को द इन्ड गर्लिन। अब आश्था लाइ थप मानसिक कमजोर बनाउनु को सट्टा सचेत र परिपक्व बनाउनु पर्छ प्रहरी ले , यस्ता घटना नदोहोरिने वातावरण बनाउनु पर्छ । प्रहरी लाइ नि हामीले काम गर्ने वातावरण बनाइ दिनै पर्छ। केहि समय मा नै आस्था र प्रहरी जवान रमिता को हात मिलाइदै गरेको हँसिलो तस्वीर सामाजिक सन्जाल मा देख्न पाइयोस, ।
घन्यवाद

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार