
एजेन्सी – भारतमा एक पुरुषको श्रीमती र प्रेमिका बीच बाँडफाँट भएको छ। हप्ताको ३ दिन श्रीमती र ३ दिन प्रेमिकासंग बस्ने गरी एक पुरुषको बाँडफाँट भएको हो।
भारतको झारखण्डको राजधानी राँचीको सदर पुलिस थानामा एक पुरुषका श्रीमती र प्रेमिकाबीच बाँडफाँटको सहमति भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।
प्रेमिकाको चक्करमा श्रीमान घर आउनै छाडेपछि श्रीमतीले प्रेमिकासंग प्रहरीको उपस्थितिमा सहमति गरेको बताइएको छ। सहमति अनुसार अब ती पुरुष हप्ताको ३ दिन श्रीमतीसँग बस्नेछन् भने ३ दिन प्रेमिकासँग बस्नेछन्। हप्ताको एक दिन भने उनले छुट्टि पाउनेछन्।
घटना शनिबारको हो। राजेश कुमार नाम गरेका पुरुषकी प्रेमिकाले प्रहरीमा प्रेमी पाँच दिन देखि आफ्नोमा नआएको उजुरी दिइन्। जसपश्चात प्रहरी पनि तनावमा पर्यो। राँचीको सदर पुलिस थानामा राजेश, उनकी प्रेमिका र श्रीमती जम्मा गराएर सम्झाउने क्रममा बाँडफाँटको सहमति भयो।
भारती संचार माध्यमहरुका अनुसार राजेशले प्रेमिकासंग पनि विवाह गरेका थिए। विगत पाँच दिन देखि राजेश नयाँ श्रीमतीकोमा नगएपछि उनले प्रहरीका उजुरी दिएकी थिइन्। जुन सहमति सम्म पुग्यो।
भएको सहमति अनुसार हप्ताको एक दिन राजेशलाई छुट्टि छ। त्यस दिन उनले चाहेको श्रीमतीसँग बस्न पाउनेछन्।
विवाहको २ हप्ता सम्म पनि सम्बन्ध राख्न मानिनन्, वास्तविकता थाहा पाउँदा छाँगाबाट खसे श्रीमान !
एजेन्सी – युगान्डाका एक पुरुष त्यतिबेला छाँगाबाट खसेजस्तै भए, जति बेला भर्खरै विवाह गरेकी श्रीमती केटि नभई केटा निक्लीइन्।अन्तराष्ट्रिय संचार माध्यमहरुमा आएका समाचार अनुसार मोहम्मद मुटुम्बा नाम गरेका युगान्डाका एक पुरुषको केहि हप्ता अगाडी मात्र विवाह भएको थियो।
विवाह भएको दिन देखि नै मुटुम्बाकी श्रीमती महिनावारीको बहानामा सम्बन्ध राख्न अस्विकार गर्दै आएकी थिइन्। दुई हप्ता सम्म पनि उनीहरु बीच शारीरिक सम्बन्ध हुन पाएन, जस कारण मुटुम्बा दुई हप्तासम्म गुमराहमा रहे।
यसरी भयो विवाह
मुटुम्बा केहि समय विवाह गर्ने सोचमा थिए। विवाहको लागि केटी खोज्दै गर्दै उनले हिजाब लगाएको एउटी सुन्दरी केटीसँग भेट भयो। उनले प्रेमप्रस्ताव राख्दा ती केटीले स्वीकार पनि गरिन्।
प्रेमसम्बन्धमा हुँदा उनीहरु बीच शारीरिक सम्बन्ध स्थापित भएन। युगान्डामा दुलहीको परिवारलाई दुलाहको परिवारले रकम तिर्नुपर्ने प्रचलन छ। जसअनुसार मुटुम्बाले पनि रकम तिरेर विवाहको टुंगो लगाए। स्वाबुल्ला नाबुकीरा नाम गरेकी ती केटीसँग मुटुम्बाको धार्मिक तरिकाले ‘निकाह'(विवाह) भयो।
कसरी भयो पर्दाफास ?
स्वाबुल्ला केटी नभई केटा रहेको मुटुम्बाले नभई उनका छिमेकिले पत्ता लगाएका हुन्। घरको पर्खाल लाघेर स्वाबुल्लाले टेलिभिजन र कपडा चोरेपछि छिमेकिहरुले स्वाबुल्ला केटा भएको चाल पाए। चोरीको उजुरी परेपछि स्वाबुल्लालाई लिएर मुटुम्बा प्रहरी पुग्दा उनकी श्रीमती केटा भएको पत्ता लाग्यो।
पक्राउ परेका व्यक्ति
अनुसन्धानको क्रममा स्वाबुल्लाले हिजाबकै सहारामा मुटुम्बालाई गुमराहमा राखेको खुल्न आयो। बताइएअनुसार जाँचको क्रममा शारीरिक रुपमा पनि एक पुरुष निक्लीइन्। स्वाबुल्लाले केटी बन्नको लागि ‘ब्रा’मा कपडाको डल्लो राख्ने गरेको समेत पाइएको स्थानीय प्रहरीको भनाई छ। प्रहरीका अनुसार उनको नाम समेत फरक पाइएको छ । वास्तावमा उनको नाम रिचर्ड टुमुशाबे थियो ।
पक्राउ परेसँगै बयान दिने क्रममा रिचर्डले पैसाको लागि केटी बनेर विवाह गरेको स्वीकारेकी छन्। स्थानीय संचार माध्यमहरुका अनुसार घटना बारे विस्तृत अनुसन्धान र कारवाही प्रक्रिया अगाडी बढाइएको छ।