जिल्ला प्रशासन कार्यालय काठमाण्डुले गायिका आस्था राउतलाई अभद्र व्यवहारसम्बन्धी कसुर मुद्दामा पक्राउको अनुमति दिइएको छ । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाण्डुलेले पक्राउ गरी कारबाही गर्न अनुमति दिएको हो ।
गायिका आस्था राउतलाई जाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
आस्था राउतमाथि आज मुद्दा चलाउने तयारी, कलाकारहरुले भने – माफी माग
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत महिला प्रहरी जवान रमिता श्रेष्ठमाथि ‘गालीगलौज’ र ‘अभद्र व्यवहार गरेको आरोप लागेकि गायिका आस्था राउतलाई प्रहरीले कारवाही थालेको छ । रमिताले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले बोलाउने तयारी गरेको छ । हाल भारतमा रहेकी आस्था राउतको सामाजिक सञ्जालमा मात्र नभई बरिष्ठ कलाकारले पनि माफी माग्न सुझाव दिएका छन् ।
नेपाल प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज उनीबिरुद्ध ‘गालीगलौज’ र ‘अभद्र व्यवहारको मुद्दा चलाउँदैछ । मुद्दा चलेपछि प्रशासनले उनलाई हाजिर हुन केही समय दिनेछ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले राउतमाथि अनुसन्धान लगभग सकिसकेको छ । पीडित जवान श्रेष्ठले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा शुक्रबार राउतविरुद्ध उजुरी दिएकी थिइन्। बिहीबार प्रहरी प्रधान कार्यालयले विमानस्थलबाट राउत र प्रहरी जवानबीच भएको विवादको सीसीटिभी फुटेजसमेत झिकाएर कसुर गर्नेमाथि कारबाही गर्न महानगरीय प्रहरी कार्यालयलाई निर्देशन दिएको थियो ।
अभद्र व्यवहारको मुद्दा स्थानीय प्रशासनबाट कारबाही हुन्छ। प्रहरीले जिल्ला प्रशासन कार्यालबाट म्याद थपेर घटनाको थप अनुसन्धान गर्न सक्छ। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले यो कसुर प्रमाणित भएमा प्रमुख जिल्ला अधिकारीले आरोपीविरुद्द ५ महिनादेखि एक वर्षसम्म कैद वा ५ सयदेखि १० हजारसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने बताए ।
उता बरिष्ठ कलाकारले दिपकराज गिरी र राजेशपालय राईले आस्थालाई माफी माग्न सुझाव दिएका छन् । दिपकले प्रहरीका बिषयका केही कुरा लेखेपनि राजेशपायल राईले भने भारतीय सुपरस्टर शाहरुख खानको उदाहरण दिएका छन् । शाहरुख खान अमेरिका जाँदा उनको सम्पूर्ण शरिर चेकजाँच भएको र केही समय अमेरिकन प्रहरीको नियन्त्रणमा समेत रहेको भन्दै राईले माया लिने घृणा पनि सहनु पर्ने बताएका छन् ।
राजेस पायल राईले समाजिक सञ्जालमा यस्तो लेखे
एर्पोर्ट मा साहरुख खान लाई त झन कट्टु मै चेक गरेको थियो त्यो उसको अधिकार हो अब रह्यो पुलिस ले कस्तो ब्यबहार गर्यो?चेकिङ मा कफी,पानी लान पाइदैन इभन वाल्लेट (मनी ब्यग ) पनि पाइदैन उनि बैनी हुन राम्री गायिका हुन अझ एक रियलिटी सो The Voice कि कोच पनि हुन आफ्नो इज्जत ठाउमा राख्नु पर्छ माया लिनेले घृणा पनि सहनु सक्नु पर्छ “तब न हामी कलाकार , उसै त हामी नाथे कलकार “
धेरै रुन्ची नबन अब तिमी ठुली भइ सक्यौ “
आस्था र एअरपोर्ट मा खटिएका कर्मचारी दुबै सुधृन आबस्यक