
राप्रपा नेपालका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहायता राष्ट्र हितमा रहेको बताउनुभएको छ ।
शनिबार पार्टीको भ्रातृ संगठन ट्रेड युनियन महासंघ नेपालको वागमती प्रदेशस्तरीय श्रमिक भेलामा थापाले अमेरिकाले नेपालकै आग्रह अनुसार एमसीसी परियोजनमार्फत् पाँच वर्षभित्र नेपालमा करिब ६० अर्ब रुपैयाँ खर्च गर्ने सहमति गरेको बताउनुभयो ।
सहयोग अन्तरदेशीय प्रसारणलाइन तथा सडक स्तरोन्नति तथा अन्य संरचना निर्माणको लागि आउन लागेको अनुदान रकम स्वीकार गर्नु नेपालको हितमा रहेको थापाको भनाइ छ । उहाँले एमसीसी सम्झौता सदनबाट पास भएपछि नेपालमा कुनै पनि किसिमको सैन्य गतिविधि नहने दावी गर्नुभयो ।
अहिले केहिले अपरिपक्व अभिव्यक्ति दिने गरेको र यसलाई पनि अरुण तेस्रो जस्तो धरापमा पार्न खोजिएको भन्द थापाले यो नेपाल र छिमेकी राष्ट्रको अहितमा छैन, यसलाई पास गरेर जानु नै नेपालको हितमा हुने बताउनुभयो ।
अध्यक्ष थापाले सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादको असर संघीय सदनमा देखिएको भन्दै सभामुख चयन प्रक्रिया तोकिएको समयमै अगाडि बढाउन जरुरी रहेको बताउनुभयो ।
पार्टीभित्र केही व्यक्तिको राय नमिलेको कारण सभामुख चयन प्रक्रिया पटकपटक अबरुद्ध भइरहेको भन्दै पार्टीको आन्तरिक विवादले सदन अबरद्ध हुनु भनेको प्रजातान्त्रिक मूल्य मान्यता विरुद्ध भएको बताउनुभयो ।
(radionrn)