२०७६, २ माघ :। जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि शनिबारसम्म तीन दिन मुलुकका मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।

पश्चिमी न्यून चापीय वायुका कारण उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो । नेपालको पश्चिमी भू(भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बुधबार रातिबाटै रहेको महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार मध्य तथा पश्चिमी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना पनि छ। मध्य तथा पश्चिम र पूर्वी पहाडी भू्भागमा सामान्य बदली भई बाँकी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

आज दिउँसो मध्य तथा पश्चिमी भू(भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने देखीन्छ भने पश्चिमी तथा मध्यका उच्च पहाडीरहिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा मध्यम देखि भारि हिमपातको सम्भावना रहेकोले उच्च पहाडी तथा हिमाली भेगमा चिसोबाट बच्नका लागि सुरक्षा अपनाउन अनुरोध गरेको छ ।

(radionrn)