२०७६, १ माघ बुधबार : बिमल प्रसाद पोख्रेल,प्युठान । प्युठानमा नेपाल भ्रमणबर्ष द्दण्द्दण् आज एक कार्यक्रमका बिच प्युठान जिल्लाको प्रमुख प्रयटकिय धार्मिक स्थल गौमुखिबाट शुभारम्भ गरिएको छ।

माघ गते हजारौं श्रदालु भक्तजन ले स्नान गर्न जाने र मनले सोचेको पूरा हुने धाम्रिक बिस्वास रहदै आएको गौमुखिमा पौष मसन्ता का दिन गुल्मि, अर्घाखाँची, बागलुङ , रोल्पा, दाङ लगाएतका जिल्लाबाट हजारौं दर्सनार्थि र प्युठान जिल्लाका अधिकांस दर्सनार्थि गौमुखि दर्सन गर्न र स्नान गर्न जाने गर्दछन रातभर जागरम बसि माघ एक गते बिहान तीन बजे देखि स्नान गर्नेहरुको भिड लाग्दछ।

आज गौमुखि संरक्षण तथा सामुदायिक बिकास केन्द्र को आयोजनामा गौमुखि तथा माघेशक्रान्ति मेला २०७६ को पावन अबसर पारि प्युठान जिल्लामा नेपाल भ्रमणबर्ष द्दण्द्दण् को शुभारम्भ कार्यक्रमको उद्घाटन जिल्ला संमनय समिति प्युठानका उपप्रमुख पदम थापाको प्रमुख अतिथ्यता, शहायक जिल्ला अधिकारी ,प्रयटन प्रबर्द्धन पाच नम्बर प्रदेश सदस्य, होटल व्यवसायी महा संघका केन्दिय सचिब तथा जिल्लाका उच्च ओहोदामा रहेका प्रयटन संबधित निकाय हरुको विशेष उपस्थितिमा गौमुखि गाउपालिका दुई अर्खा ठुलाचौरमा बिबिध शास्कृतिक कार्यक्रम ,खेलकुद प्रतियोगिता स्थानिय कला सस्कृति पर्दसनि संगै शुभारम्भ गरिएको हो।

प्रमुख अतिथि थापाले प्युठानको स्वर्गद्वारी आउने प्रयटक गौमुखि भित्राउन सबै एक जुट भएर लाग्नु पर्ने बताउनु भयो।गौमुखि गाउपालिका अध्यक्ष बिष्णुकुमार गिरिले गौमुखि दर्सन गर्न आउने प्रयटक हरुलाई अर्खामा होम स्टे थप ब्यबस्थित बनाउने र स्थानिय परिकार खुवाउने बताउनु भयो साथै गाउपालिकाले गौमुखि संरक्षण तथा प्रबर्द्धन गर्न कुनै कसुर बाकि नराख्ने बताउनु भयो।

आजै गौमुखि झिम्रुक प्रयटन प्रबधनका लागि दुई स्थानिय सरकार प्रमुख बिच डिपिआर गर्ने निणय समेत गरेको बताउनु भयो।

(radionrn)