२०७६, २९ पुष मंगलवार : स्रोत नखुलेको नगद ९ लाख ९९ हजार रुपैयाँ सहित चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा छिपरमाई गाउँपालिका ८ घर भएका २१ वर्षीय कृष्ण यादव र चितवन भरतपुर महानगरपालिका १६ घर भएका ३८ वर्षीय राजु पौडेल रहेका छन् ।

काठमाडौंबाट नुवाकोटतर्फ जाँदै गरेको बा.२ ज ४८०२ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा ट्याक्सीमा सवार पौडेलको साथमा उक्त नगद फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी, हिजो पर्साको वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकस्थित सडकबाट स्रोत खुलाउन नसकेको नगद ३ लाख रुपैयाँ सहित भारत बिहार मोतिहारीका २१ वर्षीय जबिउल्लाह आलमलाई प्रहरीले पक्राउ गरेको थियो ।