पुस २९, २०७६: सार्वजनिक बसमा हस्तमैथुन गर्ने युवक १ वर्षपछि चितवनबाट पक्राउ गरेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ती युवकलाई सोमबार चितवनबाट पक्राउ गरेको हो।

२०७५ मंसिरमा सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी एक युवकले हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको थियो।

लगनखेल–स्वयम्भूरडल्लु रुटमा चल्ने बसको पछाडि सीटमा बसेका युवकले अघिल्लो सीटमा बसेकी युवतीको कपालमा हस्तमैथुन गरी वीर्य स्खलन गरेका थिए ।

ज्याकेट र खैरो ट्राउजर अनि चप्पल लगाएका ती युवक आफैंले भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गरेको प्रहरीको आशंका छ। प्रहरीका अनुसार युवकले त्यस्तो हर्कत गरेको स्वीकारेका छन्।

अश्लील हर्कत गर्ने र पीडित युवती दुवैको अनुहार भिडियोमा देखिएको थिएन। प्रहरीको खोजी सूचीमा रहेका ती युवक फरार थिए।

दैनिक अनलाइन