पुस २९, २०७६: पश्चिमी वायु सक्रिय भएसँगै केही दिन यता मुलुकको विभिन्न ठाउँमा मौसम बदली भइरहेको छ । तराईमा केही दिन यता लगातारजस्तै लागेको कुहिरो नहट्दा जनजीवन कष्टकर भएको छ ।

कुहिरोसँगै चिसो हावा पनि चलेकाले विशेषगरी वृद्धवृद्धा र बालबालिका बिरामी समस्यामा परेका छन् । आज पनि बिहानैदेखि तराईका सबैजसो जिल्लामा बाक्लो कुहिरो लागेको छ ।

यसैबीच आज पश्चिमका उच्च पहाडी र हिमाली भेगमा सामान्य हिमपातको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिएका छन् ।

(stv)