पुस २०। कृषि विकास बैंकको क्रेडेन्सियल ह्याकिङ गरी रकम निकाली ठगी गरेको प्रकरणमा ह्याकिङ गरेको रू.१ करोडसहित फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले मोरङ जिल्ला रंगेली नगरपालिका–२वस्ने ४३ वर्षीय दिपक नेपाललाई गत शुक्रवार पक्राउ गरेको हो ।

लामो समयदेखि भारतको मुम्बईका साथै नेपालमा बसेर कृषि विकास बैंकको रू.५ अर्ब भन्दा बढी रकम ह्याक गरी निकालेर फरार रहेका नेपाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

अभियुक्तलाई आवश्यक कारबाहीको लागि काठमाडौं जिल्ला अदालत पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले बताएको छ ।

अभियान