२०७६, १८ पुष शुक्रबार: अहिले देशका केहि ठाँउमा पानी परिरहेको छ साथै उच्च हिमाली क्षेत्रमा हिमपात जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजबाट तीन दिन भारी हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय वायुको प्रभाव रहेको हुँदा वर्षा र हिमपातको सम्भावना रहेको बताएको हो । हाल देशभर सामान्य बदली रहेको जनाएको छ । महाशाखाले मौसम बदलीसंगै वर्षा र हिमपातको सम्भावना रहेको र चिसो बढ्ने हुँदा सतर्कता अपनाउन सबैलाई अनुरोध छ ।

आज दिउँसो देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ तीन दिनको मौसमको पूर्वानुमान

पौष १८ गते :शुक्रबार
दिउँसो देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पौष १९ गते शनिबार
दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भागमा हल्कादेखि मध्यम हिमपात र पहाडका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर आंशिकदेखि सामान्य सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु(भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एकरदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

पौष २० गते आइतबार
दिउँसो देशभर आंशिकदेखि सामान्य सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एकरदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति देशभर आंशिक देखि सामान्य सामान्य बदली रहि उच्च पहाडी तथा हिमालि भू(भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एकरदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

(radionrn)