ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई वटा खेल हुँदै

पुस १६, २०७६: काठमाडौंमा जारी ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ एन्फाले चौथो चरणको तेस्रो दिन आज संकटा र पुलिस तथा आर्मी र थ्री स्टारबीच प्रतिस्पर्धा हुने जनाएको छ । आज हुने पहिलो खेलमा संकटा र पुलिस बिहान साँढे ११ बजे भिड्नेछन् ।

आर्मी र थ्री स्टारको खेल दिउँसो ३ बजेबाट शुरु हुनेछ । लिगमा तीन खेलबाट संकटा र पुलिसले एक जित, एक हार र एक बराबरी गरेका छन् । तालिकामा ४ अंक जोडेका पुलिस र संकटा गोल अन्तरका आधारमा नवौं र दशौं स्थानमा छन् ।

दुई जित र एक बराबर खेलेको तेस्रो स्थानको थ्री स्टारको ७ अंक रहेको छ । आर्मी दुई जित र एक हार ब्यहोरेको पाँचौ स्थानको आर्मीको ६ अंक रहेको छ ।

गत सिजनको उपविजेता संकटा र विभागीय टोली नेपाल पुलिस क्लब दोस्रो जितको खोजीमा रहेका छन् । लिगको तेस्रो खेल सकिदाँ दुबै टिमले एक खेल बराबर गरेका छन् भने अर्को खेलमा जित निकालेका छन् ।

लिगमा पुुलिस र संकटाको समान ४ अंक रहेको छ । गोल अन्तरका आधारमा पुलिस भन्दा संकटा पछाडि छ । यस्तै लिग जित्ने लक्ष्य बनाएका आर्मी र थ्री स्टार लिगको चौथो चरणमै आमने सामने हुदैछन् ।

अंक तालिकामा ७ अंक सहित थ्री स्टारतेस्रो स्थानमा छ । दुई खेलमा जित र एक खेलमा हार ब्यहोरेको आर्मी ६ अंकसहित पाँचौ स्थानमा छ ।

(stv)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार