मंसिर १९, २०७६: त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाइ डिस्चार्ज गरिने भएको छ ।

प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीलाइ दिउँसो ३ बजे डिस्चार्ज गर्न लागिएको हो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी छन् । (stv)