आज सुनको मूल्य घटेको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ७२ हजार रुपैयाँ तोकिएको छ ।

हिजो सुनको मूल्य ७२ हजार २ सय रुपैयाँ तोकिएकोमा आज २ सय रुपैयाँले घटेको महासंघले जनाएको छ ।

सुनको भाउ घटेको दिन चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य ८ सय ५० रुपैयाँ प्रतितोला तोकिएको छ । हिजो ८ सय ५६ रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो ।