परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल भारतको सीमा विवाद समाधानको वार्ताको तयारी भइरहेको बताउनुभएको छ ।

मन्त्री ज्ञवालीले सीमा बचाउ अभियानका तर्फबाट लिम्पियाधुरासहितको नक्सा हस्तारन्तण गर्न गएको टोलीलाई सीमा विवाद समाधानको गृहकार्य भइरहेको जानकारी गराउनभुएको हो ।

मन्त्री ज्ञवालीले प्रधानमन्त्रीस्तरमा, परराष्ट्रमन्त्रीस्तरमा, सचिवस्तरमा गरी तीनै तहमा वार्ता गर्ने तयारी भइरहेको बताउनुभयो । भारतले हालै जारीको गरेको नक्सा नेपाललाई मान्य नहुने पनि उहाँले बताउनुभयो ।

सीमा बचाउन अभियानका तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य गौरिशंकर लाल दासमार्फत लिम्पियाधुरासहितको नक्सा हस्तान्तरण गरिएको थियो ।

अभियानले लिम्पियाधुरासहित नक्सासहित गरी स्वेत जारी गर्न, कालपानीमा राखिएको भारती सेना अभिलम्ब हटाउन र भारतले जारी गरेको नक्सा फिर्ता लिन आग्रह गर्दै भारतलाई औपचारिक पत्र पठाउन माग गरेको छ ।

(radionrn)