आश्विन २०७६, २९ :आज ३९ औं विश्व खाद्य दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरि मनाइदैछ । प्रत्येक वर्ष अक्टोबर १६ मा खाद्य प्रविधि, गुणस्तर र खाद्यमा पहुँचका लागि विभिन्न कार्यक्रम गरीे दिवस मनाइन्छ । संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको आह्वानमा यो दिवस मनाउने गरिएको हो ।

संगठनको स्थापना भएको दिन पारेर दिवस मनाउन थालिएको हो । सन् १९४५ अक्टोबर १६ मा क्यानडामा खाद्य तथा कृषि संगठनको स्थापना भएको हो । सन् १९७९ मा संयुक्त राष्ट्र संघको साधारणसभाले संगठन स्थापना भएको दिन पारी दिवस मनाउने प्रस्ताव पारित गरेपछि सन् १९८१ देखि दिवस मनाउन थालिएको हो ।

सन् १९७१ मा राष्ट्र संघको २० औँ साधारण सभाले खाद्य तथा कृषि संगठनको स्थापनाको अवसरमा दिवस मनाउने प्रस्ताव पारित गरेपछि सन् १९८१ अक्टोबर १६ तारिखदेखि यो दिवस मनाउन थालिएको हो ।

नेपालले सन् १९५१ नोभेम्बरमा खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो । खाद्य दिवसको अवसरमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागले भने ‘खाद्य स्वच्छता दिवस’ भनेर पनि यो दिवस मनाउने गरेको छ ।

कृषि प्रधान मुलुक नेपालमा ८० प्रतिशतभन्दा बढी मानिसहरु कृषिमा निर्भर रहेका कारण यहाँ तिब्र भोकमरीको समस्या नभएपनि कर्णाली क्षेत्र लगायत हिमाली जिल्लाहरुमा भने बर्षमा ६ महिना चर्को खाद्य संकट भने हुने गरेको छ ।

संसारभर बर्षेनी १ करोड भोकमरीको चपेटामा पर्ने गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ । त्यस्तै संसारका झण्डै ९० करोड मानिसका अगाडि भोकमरीको चुनौति छ । नेपालको सन्दर्भमा २०७२ बैशाख १२ गतेको महाविनासकारी भूकम्पले झनै समस्या थपिएको छ ।

स्राेत radioNRN