२०७६ असोज १३: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय मङ्गलापुर रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर जिसीलाई घुससहित पक्राउ गरेको छ । उनलाई सेवाग्राहीसँग लिएको १५ हजार घुससहित नियन्त्रणमा लिएको हो ।

बिमा सिफारिश गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले निजलाई घुसबापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

रासस