संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ परेका ज्ञानेन्द्र शाही रिहा भएका छन् ।

गएको शनिबार बेलुका नेपालगञ्ज विमानस्थलमा उड्न लागेको बुद्ध एयरको विमानभित्र उनले पर्यटन मन्त्रीलाई विमान होल्ड गराएकोमा जवाफ मागेको भिडियो सार्वजनिक भएको थियो ।