आज राष्ट्रिय बाल दिवस । सरकारले विभिन्न कार्यक्रम गरि यो दिवस मनाउँदै छ । यस बर्ष ‘सुनिश्चित बाल अधिकार—समृृद्ध नेपालको आधार’ भन्ने नाराका साथ बाल दिवस मनाइँदैछ ।

बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थालाई दिवसका दिन भ्याइ–नभ्याई नै हुने गरेको छ । तर बालबालिकामाथि हुने विभिन्न घटना तथा हिंसामा भने कुनै कमी आउन सकेको छैन ।

सरकारले अहिलेसम्म बालबालिकाको क्षेत्रम कुनै पनि खास अध्ययन अनुसन्धान गरेको पाईदैन । बरु उसले प्रत्येक वर्ष सार्वजनिक सञ्चार माध्ययममा आएका घटना समेटेर सार्वजनिक गर्दै आइरहेको छ । सरकारी तथ्याङ्कभन्दा धेरै घटना भने अझै समाजबाट बाहिर आउन सकेका छैनन् ।

तर पनि सार्वजनिक भएका तथ्याङ्कलाई हेर्दा चिन्ताजनक अवस्था रहेको पाइन्छ । राष्ट्रिय बालअधिकार परिषद्ले सार्वजनिक गरेको २०७५्७६ को हिंसामा परेका बालबालिकाको तथ्याङकमा ६५४ वटा विभिन्न घटनामा एकहजार ८० जना बालबालिका प्रभावित भएका छन् ।

परिषद्को रिपोर्टमा विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित बालबालिकासम्बन्धी घटनाहरुलाई आधार मानिएको छ । जसमा बालश्रम, बलात्कार, मृत्यु, बाल विवाह, हत्या, बेचविखन तथा ओसारप्रसार, कुपोषण, गर्भपतन, आत्महत्या, अपहरण र शारीरिक सजायका घटना उल्लेख छन् । ratopati बाट