भदौ २९: अमेरिकाको एक प्राथमिक विद्यालयकी शिक्षिकाले फेसबूक पोस्टमा आफ्ना विद्यार्थीहरूमाथि गरेको टिप्पणी महंगो साबित भएको छ । शिक्षिकाले फेसबूक पोस्टमा विद्यार्थीहरूको तुलना बाँदरसँग गरिदिइन् ।

त्यसपछि विद्यालयले उनलाई सजाय दिँदै सशुल्क प्रशासिनक छुट्टीमा पठाइदियो । एक रिपोर्टअनुसार, जाडोको छुट्टीपछि विद्यालय शुरू भएपछि वाटसन एलेमेन्टरी स्कूलकी शिक्षिकाले फेसबूकमा लेखे, ‘मेरो चिडियाखानका बाँदरहरू आज फर्किए । म थाकिसकें। बाँदरहरूलाई फेरि प्रशिक्षित गर्न मुश्किल छ ।’

उनले पछि त्यो पोस्ट डिलिट गरिन् । आर्कान्सासमा लिटल रक जिल्लाकी प्रवक्ता पामेला स्मिथले पोस्टकै कारण शिक्षिकालाई छुट्टीमा पठाउनुपरेको पुष्टि गरिन् । घटनाको अनुसन्धान चलिरहेको छ ।

एजेन्सी