भदौ २९ । जापानले पहिलो चरणमा नेपालबाट एक हजार नर्सलाई नर्सिङ केयर गिभरको रुपमा लैजान लागेको छ। उनीहरुको भाषा परीक्षा परीक्षा अक्टोबर २७ देखि २९, नोभेम्बर ५ देखि ७ र १२ देखि १४ नोभेम्बरमा हुनेछ ।

जापान सरकारको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले सूचना जारी गरी नर्सिङ केयर गिभर लैजाने जानकारी दिएको हो । जान चाहने नर्सले जापनिज भाषा र सिप मूल्यांकन परीक्षा दिनुपर्ने छ ।

आवेदन अनलाइनमार्फत दिन सकिने र सुरुमा आवेदन दिनेलाई प्राथमिकता दिइने बताइएको छ । सूचनामा आवेदनकर्ताले अनलाइन आवेदन दिनुअघि काठमाडौंस्थित जापनिज दूतावास र जापान फाउन्डेसनले तोकेको नेपालस्थित कार्यालयबाट अनिवार्य टोकन लिनुपर्ने हुन्छ ।

टोकन लिइसकेपछि जापान सरकारले नर्सिङ केयर गिभरमा जान चाहनेका लागि कुनै शैक्षिक योग्यता नचाहिने बताए पनि ‘नर्सिङ केयर स्किल इभ्यालुएसन टेष्ट’ र ‘नर्सिङ केयर जापनिज ल्याङ्ग्वेज इभ्यालुएसन टेष्ट’ पास भए मात्र पुग्ने जनाएको छ ।

जापान सरकारको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले जाँच लिने सेन्टर केही दिनमै तय हुने जनाएको छ। जपानको सूचना अनुसार नर्सिङ केयर गिभरको सिप परीक्षा ६० मिनेटको हुनेछ, जसमा ४५ वटा प्रश्न सोधिने छन्।

नर्सिङ केयर जापानिज ल्याङ्ग्वेज इभ्यालुयसन टेष्टमा भने १५ वटा प्रश्नहरु सोधिने छ। दुवै परीक्षाका लागि एक हजार जापनिज येन लाग्ने छ।
परीक्षा कम्प्युटर–बेस्ड टेस्टिङ विधिबाट लिइने छ । ४५ प्रश्नमध्ये ४० लिखित र बाँकी ५ प्रश्न व्यावहारिक प्रश्न हुने छन् ।

नर्सिङ केयर गिभर लैजाने विषयमा काठमाडौंस्थित जापनिज दूतावासले नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच गएको चैत महिनामा सम्झौता गरसकेको छ ।

healthy khabar