भदौ २६ । चितवन मेडिकल कलेजमा सेवा अवरुद्ध गराउन खोजेको भन्दै पक्राउ परेका सबै विद्यार्थी बुधबार राति छुटेका छन् । जिल्लाप्रहरी का र्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार उनीहरु सबैलाई तारेखमा छोडिएको हो ।

शुल्कको विषयलाई लिएर एक सातादेखि आन्दोलनरत विद्यार्थीले बुधबार बहिरङ्ग सेवा बन्द गराउन खोजेपछि त्यहाँ अध्ययनरत नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित १५ विद्यार्थीलाई पक्राउ गरिएको थियो ।

पक्राउ परेका उनीहरुमध्ये नौलाई राति ९ बजे र अन्यलाई राति ११ बजे छाडिएको उनले जानकारी दिए ।

स्वास्थ्य संस्थामा सेवाग्राहीलाई प्रभाव पार्नेखालका काम नगर्ने, आन्दोलनका क्रममा कसैलाई तल्लोस्तरको गालीगलौज नगर्ने प्रतिबद्धतापछि उनीहरुलाई तारेखमा छाडिएको प्रवक्ता कोइरालाले जनाकारी दिए ।

याे पनि पढ्नुहाेस् :
गएराति करेन्ट लागेर बुबाको मृत्यु, छोराछोरी गम्भीर घाइते

महोत्तरीको एकडारा गाउँपालिकामा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा एकडारा गाउँपालिका–४ चकवागाउँ बस्ने ४९ वर्षीय सियाराम ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ठाकुरको घरको भुइँमा नाङ्गो तार झरेको अवस्थामा गएराति अचानक सो तार छुन पुगेपछि बुबा सियारामको करेन्ट लागेको देखेर छोराछोरीले बचाउन खोज्दा उनीहरुलाई पनि करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका सियारामका १७ वर्षीय छोरा सुरेश ठाकुर र १० वर्षीया छोरी पूजाकुमारीको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका तीनै जनालाई स्थानीयवासीको सहयोगमा गएराति नै उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएकामा सियारामको उपचारकै क्रममा मृृत्यु भएको प्रहरीले जनाएको छ ।

(रासस)