दाङको नाराणपुरस्थित देब बैंकको झन्डै १८ करोड हिनामिनाको आरोपमा एक पत्रकारसहित दश जनालाई प्रहरीले पक्राउ गरेको छ । बैंकको रकम घाटाला काण्डमा संलग्न भएको आशंकामा प्रहरीले पत्रकार उज्वल आचार्यसहित दश जनालाई पक्राउ गरेको हो । यसअघि नै बैंक म्यानेजरलाई उक्त अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका पत्रकार आचार्यसहित दशै जनालाई उच्च अदालत तुलसीपुर वाणिज्य इजलासबाट म्याद थप गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अधिकार प्राप्त भएको उहाँले बताउनुभयो ।

पक्राउ परेका म्यानेजरको बयानका आधारमा घोटाला काण्डमा अन्यको पनि नाम आएको हुँदा उनीहरुको संलग्नता रहे नरहेको अनुसन्धान गर्न पक्राउ गर्दै जाने पनि उहाँले बताउनुभएको छ ।

स्राेत NRN