
भदौ १२ । बौद्धको रामहिटीबाट प्रहरीले ८३ किलो रक्तचन्दनसहित दुईजनालाई पक्राउ गरेको छ । घरमा राखिएको रक्तचन्दनसहित बुधबार राति च्याङ्बा लामा र योन्देन ग्याङ्जु तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।
महानगरीय प्रहरी वृत्त बौद्ध र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को संयुक्त टोलीले च्याङ्बा लामाको घरमा राखिएको उक्त रक्तचन्दन बरामद गरिएको हो ।
उक्त रक्तचन्दन कसको हो र कसले ल्यायो भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।
रक्तचन्दनसहित पक्राउ परेका उनीहरुलाई जिल्ला वन कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
तनहुँको बन्दीपुरमा कारको ठक्करबाट युवतीको मृ८त्यु
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ चुनपहरामा आज बिहान पर्यटक कारको ठक्करबाट एक युवतीको मृ८त्यु भएको छ । मृ८त्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीया मनिषा परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पोखराबाट काठमाडाँैतर्फ जाँदै गरेको बा१य १३९७ नं को कारले पैदलयात्री परियारलाई ठक्कर दिए पछि सख्त घा८इते उहाँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृ८त्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।
ठक्कर दिने कार र चालक प्रहरी नियन्त्रणमा छन् । रासस