हाल अमेरिकामा रहेकी रवि लामिछानेकी पूर्व पत्नी इशा लामिछाने नेपाल आउने भएकी छिन्। शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रवि सोमबार ५ लाख धरौटीमा रिहा भए लगत्तै इशा नेपाल आउने बताइएको हो।

उनी नेपाल किन आउँदैछिन् भन्नेबारे भने खुलाइएको छैन्। नेपाल आउनुको कारणबारे सोध्दा उनले अहिलेलाई यति बुझ्नुहोस् कि म नेपाल आउने पक्का छ भन्ने जवाफ दिएको बताइएको छ। यद्यपी उनी नेपाल आउने मिति भने तय भएको छैन्।

२५ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्दै रवि लामिछाने र इशाले गत वर्ष सम्बन्ध विच्छेद गरेका थिए। सम्बन्ध विच्छेदपछि रविले गत वर्ष चलचित्र विकास बोर्डकी तत्कालिन अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका थिए।

रवि र इशाका दुई छोरी पनि छन्। छोरीहरुसहित इशा अमेरिकामा बस्दै आएकी छिन्।

रविकी पूर्व पत्नी ईशाले लेखिन्, ‘मान्छेको चपाउने र देखाउने दाँत फरक’

केहि समयअघि रवि र ईशाको सम्बन्ध बिच्छेदको खबरले सामाजिक सञ्जालमा चर्चा पाएको थियो ।

सम्बन्ध विच्छेदपछि रविले गोपीकृष्ण मुभिजका मालिक उद्धव पौडेलकी छोरी निकिता पौडेलसँग विवाह गरे।

हाल शालिकराम पुडासैनी आत्महत्या प्रकरणले रवि लामिछाने फेरि चर्चामा छन् । उनको पक्ष र विपक्षमा सामाजिक सञ्जाल बाँडिएको छ।

उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो। अदालतको आदेशपछि गत सोमबार ५ लाख धरौटीमा छुटेका छन्। रिहाईपछि ठाँउ ठाँउमा रविको समर्थकहरुले स्वागत गरेका छन्।

सामाजिक सञ्जालमा बहस भैरहँदा रविकि पूर्व पत्नी इशाले सामाजिक सञ्जालमा यस्तो लेखेकि छन् । ‘मान्छेकाे चपाउने दाँत छुट्टै र देखाउने दाँत छुट्टै हुन्छ भन्थे हाे रहिछ’। स्राेत Ehulaki बाट