भदौ ११, २०७६– पछिल्लो समय भएका केही हत्या तथा आत्महत्या वैवाहिक सम्बन्धमा बाँधिएका परपुरुष वा परस्त्रीसँगको अनैतिक सम्बन्धका कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

विवाहइतर सम्बन्धका कारण इतरम्बिन्धमा रहेकाहरुबीच खटपट हुँदै परिवारमा समेत जानकारी आएपछि अन्तिममा आत्महत्यासम्म हुने गरेको पछिल्ला केही घटनाले देखाएको खबर आजको राजधानी दैनिकमा छापिएको छ।

घटना १ स् २४ चैतमा भरतपुर ११ चितवनमा माया आलेमगरसहित एउटै कोठामा सलको पासो लगाएर तीन जनाले आत्महत्या गरे, घटना २ स् २० साउनमा पत्रकार शालिकराम पुडासैनीद्वारा आत्महत्या, घटना ३ स् ३२ साउनमा सुनधाराको एक होटलबाट तनहुँकी ३८ वर्षीया दिलमाया गुरुङद्वारा हामफालेर आत्महत्या

घटना ४ स् १ भदौमा स्वयम्भू ठूलोभ¥याङमा प्रेमिकाको कोठामा प्रहरी जवान शंकर ठगुन्नाद्वारा झुन्डिएर आत्महत्या, घटना ५ स् बौद्ध आरुबारीस्थित ओम साइबाबा काष्ठ उद्योगका सञ्चालक खेमराज अधिकारीद्वारा ४ भदौमा प्रेमिकासँगको सम्बन्धका कारण आत्महत्या

घटना ६ स् ४ भदौमा नै गोंगबुस्थित मोरङ पर्वत गेस्ट हाउसको कोठा नम्बर १११ मा चितवनका ३७ वर्षीय यमबहादुर मगर र काभ्रेकी ३० वर्षीया सविना बजगाईं मृत फेला, घटना ७ स् १६ असारमा भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीकी ६१ वर्षीया सावित्रा भट्टराईको हत्यामा उनकै छोरीको संलग्नता

लाेकान्तर बाट