किशोर श्रेष्ठ भन्छन्: पाँच लाख धरौटी तिरेर थुनामुक्त भएका रवि मुख्य दोषी

पत्रकार शालिकराम पुडासैनी प्रकरणमा चितवन जिल्ला अदा’लतबाट टेलिभिजन प्रस्तोता रवि लामिछाने रिहा भएसँगै वरिष्ठ पत्रकार किशोर श्रेष्ठले घटनामा रवि नै मुख्य दो’षी ठहरिएको बताएका छन् । उनले भने, ‘फरक यति मात्रै हो कि जेलभित्रै बस्ने कि बाहिर बसेर मुद्दा लड्ने ? जहाँ बसे पनि महिनैपिच्छे तारिख धाएर मुद्दा त लडिरहनुपर्ने भयो ।’

न्यूज २४ ले अस्मितालाई दो’षी देखाएर आफू चोखिन खोजेकोमा अस्मिता साधारण तारिखमा छुटेको भन्दै पाँच लाख धरौटी तिरेर रवि मुख्य दोषी ठहरिएको बताएका छन् । पत्रकार किशोरले ३ लाख तिरेर धरौटीमा रिहा भएका पत्रकार युवराज कँडेललाई दोस्रो दो’षी ठहरिएको बताएका छन् ।

पत्रकार श्रेष्ठले रविको मुद्दा अदा’लतमा विचाराधीन भएकोले शालिकराम प्रकरणसँग जोडिएका कुनै पनि विषयमा आफ्नो च्यानलबाट केही बोल्न नपाउने बताउँदै जनआस्था र नेपालआजले सार्वजनिक गरेको भिडियो सही सावित भएको समेत बताए ।

उनले आँखामा ह’त्यारा देखिएको, शालिकरामलाई कुटेर मारिएको हल्ला गलत सावित भएको दाबी समेत गरेका छन् । त्यतिमात्र नभएर उनले रवि लामिछाने लगायत तीनजनाको सम्पत्ति छानविनका लागि प्रहरीले जारी गरेको परिपत्रको विषय समेत कोट्याएका छन् ।

जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले आज लामिछानेसँग धरौटी माग गरेर छाड्न आदेश दिएको हो। सरकारी वकिलको तर्फबाट गोपीलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाल लगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुनीलकुमार पोखरेल, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए।

रवि लामिछाने लगायत ३ जनालाई रिहा गर्ने न्यायाधीशको सम्मानमा सर्वत्र तस्वीर सेयर हुन थाल्यो

अहिले सामाजिक सञ्जालमा चर्चित सञ्चारकर्मी रवि लामिछाने रिहा भएको खुशी भन्दा पनि सर्वसाधारणहरुका फरक खालको हर्ष देख्नमा आएको छ । वर्षौ देखि जनताको मन जित्दै आएको नेपाललको न्यायलयले सकारात्मक फैसला सुनाएको छ । सम्पुर्ण किसिमबाट हार खाएका जनता न्यायका लागि लडाई लड्दै थिए ।

रवि मात्रै थिएनन्, युवराज कँडेल, अस्मिता कार्की पनि यो भिडमा थिए । अहिले सामाजिक सञ्जालमा उनको समर्थनमा जुटेकाहरुको पक्षमा फैसला गर्नुभएका श्रीमान हेमन्त रावल, हजुरको सम्मानका लागि कुनै शब्द म सँग छैन भन्दै रवि समर्थकहरुले जिल्ला न्यायधीश रावलको तारिफ सुरु गरेका छन् । देशमा न्याय मरेको छैन, भन्ने यो गत्तिलो उदाहारण हो भन्दै सेयर भइरहेका छन् ।

कतिपयले त के सम्म भनेका छन् भने, देशको सिंगो सरकार, प्रशासन सबैले ५ वर्ष जेल हाल्ने गरि तयारी थालेका थिए । सिधा कुरा जनतासँग कार्यक्रम बन्द गराउनेसम्मको तयारी थियो तर अब त्यो सम्भव नहुने भयो । आज पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख तारेखमा धरौटीमा रिहा गर्न आदेश दिएको हो । सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।

२० साउनमा चितवनको कंगारु होटलमा मृत फेला परेका पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा रविसहित युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको कारण आत्मह,त्या गर्न बाध्य भएको पाइएपछि उनीहरु ३० साउनमा काठमाडौंबाट पक्राउ परेका थिए । यस्तै युवराज कँडेल ३ लाख र अस्मिता कार्की साधारण तारेखमा रिहा भएका छन् ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय चितवनले १० दिनको म्याद थपेर अनुसन्धान गरेको थियो । प्रहरी अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयलाई पेश गरेको फाइलको आधारमा जिल्ला अदालत चितवनमा अभियोगपत्र दायर भएको थियो ।

स्राेत ktm Dainik

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार