शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्त रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीको वयान सकिएको छ । आइतवार जिल्ला सरकारी वकिलले जिल्ला अदालत चितवनमा ‘आ त्मह त्या दुरुत्साशन’ को मुद्दा दर्ता गरेसँगै तीन जनासँग वयान लिन शुरु गरिएको थियो ।
आइतवार(हिजो) अस्मितासँग बयान लिइएपनि समय अभावका कारण रवि र युवराजसँग आज वयान लिइएको हो । उनीहरुको वयान सकिएसँगै अव अदालतमा थुनछेक वहस सुरु हुन्छ । थुनछेक वहस सकिएपछि अदालते थुनामा राख्ने, धरौटी माग गर्ने वा साधरण तारेखमा छोड्ने भन्ने फैसला गर्छ ।
पुडासैनीलाई आ त्मह त्या गर्न दुरु त्साहन गरको अभियोगमा लामिछाने, युवराज कँडेल र अस्मीता भन्ने रुकु कार्कीमाथि जिल्ला सरकारी वकिल कार्यालयले ५ वर्ष कैद र ५० हजार जरिवाना मागदावी गर्दै आइतबार जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।
अदालतमा लामिछानेविरुद्ध पेश गरिएको अभि’योगपत्रमा के छ?
न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेविरूद्ध आफ्नै पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आ’त्मह’त्या गर्न बाध्य हुने परिस्थिति खडा गरेको अभि’योग सहित सरकारले अदालतमा मुद्दा दर्ता गरेको छ। लामिछाने सहित उनको कार्यक्रम चलाउने युवराज कंडेल र ‘रूकु’ भन्ने अस्मिता कार्कीलाई पनि दुरूत्साहनको अभि’योग लगाउँदै आइतबार जिल्ला वकिलको कार्यालय चितवनले अदालतमा मुद्दा दायर गरेको हो। उनीहरूलाई ५ वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय चितवनले मुद्दा दायर गरेको हो।
सेतोपाटीलाई प्राप्त अभि’योग पत्रमा चारवटा कुरालाई मुख्य आधार मानेर पुडासैनीलाई आ’त्मह’त्या गर्न दुरूत्साहन गरेको दाबी गरिएको छ। अभि’योगपत्रमा पुडासैनीले आ’त्मह’त्या अघि खिचेको भिडियो, अस्मिता कार्की ‘रूकु’को बयान, लामिछाने र कंडेलको बयान र पुडासैनिकसँग नजिक केही व्यक्ति बयानलाई मुख्य प्रमाणका रुपमा प्रस्तुत गरिएको छ।
आ’त्मह’त्यापछि पुडासैनीको मोबाइलमा उनले खिचेको भिडियो भेटिएको थियो। जसमा यूवराज कंडेलले अष्ट्रेलिया जान केटी मिलाइदिने भनेर कार्कीलाई आफूसँग जोडिदिएको बताएका छन्। कंडेलले हेप्न थालेपछि न्यूज २४ टिभी छोडेको त्यसपछि पनि उनले आफूलाई ‘तँ फसिस्’, भन्दै धम्क्याएको पुडासैनीले भनेका छन्। अदालतमा दायर भएको अभि’योगपत्रमा यो भिडियोलाई महत्वपूर्ण प्रमाण मान्दै त्यसमा पुडासैनीले भनेका सबै कुरालाई समेटिएको छ।
यो प्रमाणलाई अस्मिताको बयानले पुष्टि गरेको अभि’योगपत्रमा उल्लेख गरिएको छ।
आफूले लामिछाने र कंडेलसँग मिलेर पुडासैनीलाई ब’लात्का’र केसमा फसाइदिने ध’म्की दिएको अस्मिताले प्रहरीसँगको बयानमा स्वीकार गरेकी छन्। उनले न्युज २४ टेलिभिजनको कार्यालयमा आफू गएको फोटो पुडासैनीलाई पठाएकी थिइन्। फोटो पठाउँदै अब कार्यक्रम प्रसारण गर्ने भनेर आफूले उनलाई बताएको बयानमा भनेकी छन्।
‘प्रतिवादीले न्युज २४ टेलिभिजनको कार्यालयको फोटो समेत खिची मृ’त’कको बारेमा कार्यक्रम प्रशारण गरिदिने भनी ध’म्की दिएको कुरा स्वीकार गरेकी तथा सो अनुसार निजले मृ’त’कले आ’त्मह’त्या गर्नु भन्दा केही दिन अगाडि पठाएको सो फोटो मिसिल संलग्न रहेको देखिन्छ’ अभि’योगपत्रमा उल्लेख छ।
कार्कीले प्रहरीसँगको बयानमा विवाहित पुडासैनीले आफूलाई अविवाहित भन्दै धो’का दिएको बताएकी छन्। आफूलाई धो’कामा राखेको थाहा भएपछि सम्बन्ध बिग्रिएको, र पनि पुडासैनिले पीछा नछोडेको पनि बयानमा भनेकी छन्। त्यसपछि पुडासैनीको पिछा छोडाइदिन क्यामेरामेन अनिल ढुंगेलमार्फत लामिछाने र कंडेललाई अनुरोध गरेको बयान दिएकी छन्। पुडासैनीसँगका मेसेज र अन्तरंग फोटोहरू ढुंगेललाई पठाइदिएको उनको बयानमा उल्लेख छ।
यो कुरा ढुंगेलले पनि प्रहरीसँगको बयानमा स्वीकार गरेका छन्।
कार्कीले पठाएका ती मेसेज आफूले कंडेलसमेतलाई दिएको भन्दै ढुंगेलले प्रहरीमा कागज गरेको अभि’योगपत्रमा उल्लेख छ। कंडेलले भने यी सबै कुरा इन्कार गर्दै बयान गरेका छन्। तर कार्की, ढुंगेल र लामिछानेको बयानले उनको इन्कारी बयानलाई नै खण्डित गर्ने सरकारी वकिलको दाबी छ।
समाचार बनाउने क्रममा कंडेलले पुडासैनीलाई गाली गर्ने कुरा लामिछानेको बयानबाट देखिएको अभि’योगपत्रमा उल्लेख छ। कंडेलले आफ्नो कार्यक्रम छोडेर अर्को टिभीमा समानान्तर कार्यक्रम चलाउन गएको रिसिवी साँध्न कार्कीसँग मिलेर पुडासैनीलाई धम्क्याएको दाबी अभि’योगपत्रमा उल्लेख गरिएको छ।
लामिछानेले पनि आफूले पुडासैनीलाई आ’त्मह’त्या गर्न दुरूत्साहन नगरेको भन्दै बयान दिएका छन्। अभि’योगपत्रका अनुसार, अरूले नै आफूले कार्यक्रम बनाएको भनिदिएको हुनसक्ने आशंका भने उनले बयानमा गरेका छन्।
‘प्रतिवादी रवि लामिछानेले पुडासैनीलाई आ’त्मह’त्या गर्न दुरूत्साहन दिएको तथा सो अनुसारको परिस्थिति खडा गरेकोमा इन्कार भइ बयान गरेको भएतापनि आफूले निजको विरूद्धमा कार्यक्रम बनाएको कसैले भनिदिएको समेत हुनसक्छ र आ’त्मह’त्या गरेको हुन सक्छ भनी बयानमा खुलाएको देखिन्छ,’ अभि’योगपत्रमा उल्लेख छ।
लामिछानेको यो बयानलाई अन्य प्रतिवादी, साक्षी र प्रमाणले खण्डन गर्ने दाबी पनि अभि’योगपत्रमा गरिएको छ। आफूले पुडासैनीलाई धम्की दिएको प्रहरीसमक्ष स्वीकार गरेकी कार्कीले कंडेल र लामिछानेले पनि ब्ल्याकमेल गरेको हुनसक्ने भन्दै उनीहरूलाई मुछेकी छन्। उनको यही बयानले पुडासैनीले लामिछाने विरूद्ध भिडियोमा लगाएको आरोप पुष्टी हुने अभि’योगपत्रमा उल्लेख छ।
‘मृ’त’कसँग सम्बन्ध बिग्रिएपछि मेसेज र अन्य कुराकानी सेयर गरिदिएपश्चात निज अनिल ढुंगेल, युवराज कंडेल र रवि लामिछाने सो सम्बन्धमा सल्लाह गरी योजना बनाई निज शालिकराम पुडासैनी हतोत्साही हुने किसिमले व्ल्याकमेल गरी केही कुरा भनेको वा केही कार्य गरेको हुनुपर्छ, त्यसैले पुडासैनीले आ’त्मह’त्या गरेको हुनुपर्छ भन्दै सहप्रतिवादी कार्कीले बयान गरेको देखिएबाट यी प्रतिवादीको इन्कारी बयान खण्डित भएको तथा प्रतिवादीको भूमिकाबारेमा मृ’त’कले भिडियोमा खुलाएको विषय पुष्टि भएको छ,̕ अभि’योगपत्रमा भनिएको छ।
यसबाहेक प्रमिला शर्मा भूषाल भन्ने एक महिलाले पुडासैनीलाई आफूले अन्तिम पटक हतास अवस्थामा देखेको भन्दै प्रहरीमा कागज गरिदिएकी छन्। प्रेमिकाले न्युज २४का मानिससँग मिलेर फसाउन खोजेका छन्, रेपमुद्दा हाल्ने समेत भनेका छन्, मर्नुअघि हतास अवस्थामा भेटिएका पुडासैनीले भनेको कुरा उद्धृत गर्दै भूषालले यस्तो बयान गरेको अभि’योगपत्रमा भनिएको छ।
सबैको बयान जोड्दै प्रहरी र सरकारी वकिलले पुडासैनीको भिडियो पुष्टी गरेर लामिछाने सहित तीनजनालाई उनको आ’त्मह’त्यामा दुरूत्साहन मुद्दा लगाएको हो।