
भदौ ६, २०७६– नेपाल प्रहरीकाआईजीपी सर्वेन्द्र खनालले अनुसन्धान प्रक्रियामा सघाउन टेलिभिजनकर्मी रवि लामिछानेलाई आग्रह गरेकाछन् । उनी हाल शालिकराम पुडासैनी मृत्यु् प्रहरणमा प्रहरी हिरासतमा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनको हिरातसतमा रहेका उनलाई शुक्रबार भेट्दै खनालले अनुसन्धानमा सघाउन आग्रह गरेका हुन् । जिप्रका हिरासतमा लामिछानेसहित सञ्चारकर्मी युवराज कँडेल र अस्मिता कार्की रहेका छन् ।