पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका आरोपी रवि लामिछानेकी श्रीमती निकिता पौडेलले दिएको किटानी जाहेरी काठमाडौं प्रहरीले दर्ता गरेन । बुधबार निकिताले भिडियो कीर्ते गरेको आरोपमा तीनजनाविरूद्ध जाहेरी लिएर महानगरीय प्रहरी परिसर टेकु पुगेकी थिइन् ।
उनी ‘जनआस्था’ साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल र ‘नेपाल आज’का सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरी दिन परिसर पुगेकी थिइन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अशोक सिंहले क्षेत्राधिकार नभएको भन्दै किटानी जाहेरी दर्ता गर्न नमानेको निकिताका कानुनी सल्लाहाकार राजेन्द्र सेढाइँले बताए ।
किटानी जाहेरी दर्ता नगर्ने महानगरीय प्रहरी परिसरविरुद्ध बुधबारै काठमाडौं सरकारी वकिल कार्यालयमा जाहेरी दिने अधिवक्ता सेढाइँले बताए । स्राेत देसकाे news