
चितवन ।। जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धान लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई हिरासतमा राख्न थप ५ दिनको म्याद दिएको छ। यो संगै टेलिभिजनकर्मी रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । पहिलो चरणको पाँच दिनको म्याद सकिएपछि चितवन प्रहरीले थप समय माग गर्दै मंगलबार तीनै जनालाई अदालतमा पेश गरेको थिय।
आत्महत्या अघि पत्रकार पुडासैनीले रेकर्ड गरेको भनिएको भिडियोमा आफू रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण मर्न बाध्य भएको बताएका छन्। सोही भिडियोका आधारमा पक्राउ परेका तीनैजनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
पुडासैनीले साउन २० गते चितवनको एक होटलमा आत्महत्या गरेका थिए। त्यसको १० दिनपछि प्रहरीले रविसहित तीन जनालाई पक्राउ गरेको थियो। रवि समर्थकले उनलाई फसाउन षड्यन्त्र गरेको भन्दै हरेक दिन चितवन प्रशासन अगाडि हजारौँको संख्यामा प्रदर्शन गरिरहेका छन्। जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले लामिछानेसहित तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । यसअघि साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो । चितवनमा म्याद थपिदै गर्दा संसदमा भने यस्तो बहस चलिरहेको थियो हेर्नुहोस भिडियो …….