सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा १३ प्रदर्शनकारी पक्राउ

भदाै २,२०७६: १३ प्रदर्शनकारी पक्राउ सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा प्रदर्शन गर्ने १३ जना प्रदर्शनकारी पक्राउ परेका छन। भरतपुरमा जारी प्रदर्शनका क्रममा प्रहरीमाथि अपशव्द प्रयोग गर्ने, हुलहुज्जत गर्ने उनीहरूलाई हिजो र आज विभिन्न स्थानबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

आज ८ जनालाई पक्राउ गरिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए। ५ जना भने आइतबार पक्राउ परेका हुन्। अन्य दिनको तुलनामा आज प्रदर्शनकारी कम देखिएका थिए।

चितवनको भरतपुर महानगरपालिका १ नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी गएको साउन २० गत्ते झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार