१० किलो सुनसहित तीनजना पक्राउ

भदौ २, २०७६: झापाको काँकडभिट्टा नाकादेखि २८ किलोमिटर पूर्वमा पर्ने छिमेकी राष्ट्र भारतको पश्चिम बंगालको दार्जि्लिङ जिल्लास्थित सिलगुढीबाट १० किलो सुनसहित तीनजना पक्राउ परेका छन्। केन्द्रीय राजश्व गुप्तचर विभागको टोलीले सोमबार दिउँसो उनीहरूलाई १० किलोसुनसहित सिलगुढ़ीको गुवालटोल मोडबाट पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

पक्राउ पर्नेमा भारतको मिजोरम बस्ने २४ वर्षीया जमुना किमा, २० वर्षीय एस रुआल सागपुइआ र ३५ वर्षीय लाल नेइहलिआ रहेको भारतीय गुप्तचर विभागले जानकारी दिए। पक्राउ परेका तीनै जनालाई सोमबार सिलगुढी अदालत पेस गरिसकेको जनाइएको छ।

भारत र म्यानमार सीमावर्ती नाकाबाट भित्र्याइएको उक्त परिणामको सुन तस्कर समूहले कलकत्ता लैजाने तयारीमा रहेको खुलेको छ। मिजोरमबाट आएका उनीहरूले १६६ ग्रामको ६० वटा सुनको बिस्कुट गाडीमा हालेर लैजाने क्रममा सूचनाको आधारमा पक्राउ परेको हो। सुनको भारतीय बजार मूल्य ३ करोड ८७ लाख रुपैयाँ रहेको जनाइएको छ।

तेस्रो मुलुकबाट ल्याइएको सुन नेपालबाट भारत लैजाने सुन तस्करका गिरोहमाथि सरकारले निगरानी बढाएपछि उनीहरूले म्यानमारको बाटोबाट भारतमा सुन भित्र्याइरहेका छन्। सिलगुढीमा यसअघि पनि पटक पटक ठूलो परिणाममा सुन बरामद भइसकेको छ। यता सिलगुढीसम्म ल्याएको पुर्‍याएका सुन भारतसहित नेपालका सीमावर्ती बजारसम्म पनि तस्कर समूहले पठाउने सक्ने भारतीय प्रहरीको आशंका छ।

थाहाखबर बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार