चितवन प्रहरीको गाडीमा तोडफोड, झन् उग्र बन्दै रवि समर्थक !

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि भन्दै पक्राउ परेका पत्रकार रबि लामिछानेको समर्थक भनिएकाहरुबाट जारी चितवनको प्रदर्शन झन् उग्र बन्दै गएको छ । शनिवार रवि समुहका प्रदर्शनकारीहरुले प्रहरीको गाडि तोडफोड गरेका छन् । प्रहरीले भिड तितरवितर पार्न अश्रुग्यास प्रहार गरेको छ । शालिकराम पुडासनैनीकी मृत्यु प्रकरणको स्वतन्त्र छानबिन हुनपर्ने माग राख्दै चितवनमा शनिवार बिहानै अर्काे समुहले प्रदर्शन गरेको थियो ।

सचेत युवा समाजको अगुवाईमा प्रदर्शन भएको हो । उनीहरुले मृत अवस्थामा भेटिएका शालिकराम पुडासैनीको मृत्यु प्रकरणको स्वतन्त्र छानबिन हुनुपर्ने माग राखेका छन् । त्यसका लागि अदालत र प्रहरी प्रशासनमाथि दबाव नबढाउँन र कानुनी सर्वोच्चता कायम राख्न आग्रह गरेका छन् ।

रवी समर्थकले प्रहरी र अदालती प्रक्रियालाई नै प्रभावित हुनेगरि शुक्रबार देखि प्रदर्शन जारी राखेका छन् । रवीको प्रदर्शनमा सहभागिता जनाउँनकै लागि काठमाडौंबाट आफुलाई अभियन्ता बताउँने ज्ञानेन्द्र शाही समेत चितवन पुगेका छन् । चितवन प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । इहुलाकी बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार