शालिकरामलाइ न्याय दिलाउनुपर्ने भन्दै चितवनमा विहानै प्रर्दशन

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणलाई अनुसन्धानबाट प्रभावित तुल्याउन पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थकहरुले हिजोबाट प्रदर्शन शुरु गरेपछी पुडासैनीको आत्महत्या प्रकरणमा स्वतन्त्र छानविन गर्न र न्याय दिलाउन भन्दै शनिबार विहानै चितवनका युवाहरुले प्लेकार्ड सहितको जुलुश निकालेका छन् ।

पुडासैनीले आत्महत्या अघि बनाएको सुसाइड भिडियोमा न्युज २४ का पत्रकार रवि लामिछानेले आफुलाई मर्न वाध्य पारेको बताएपछि अनुसन्धानका लागी पत्रकार लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्कीलाई विहिबार राति प्रहरीले पक्राउ गरी चितवन पुर्याएको थियो। र हिजै अदालतले ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

शुक्रबार दिनभरसमर्थकहरुले लामिछानेमाथि छानविन गर्न नपाईने भन्दै नाराजुलुश गरे । शनिबार विहानै चितवनका स्थानिय युवाहरुले कानुनत छानविन गर्नुपर्ने, एनजीओको हस्तक्षेप बन्द गर, पुडासैनीलाई न्याय दिलाउनुपर्ने भन्दै प्लेकार्डसहित चितवनको चौविसकोठीबाट जिल्ला प्रहरी कार्यालयसम्म जुलुश निकालेका छन् । इ हुलाकी बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार