रवि लामिछाने सहित अस्मिता कार्कीलाई बढीमा २५ दिनसम्म राखीने

साउन ३१। चितवन जिल्ला अदालतले न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न म्याद थप गरेको छ ।

न्यायाधीश विनोदकुमार गौतमको इजलासले पक्राउ गरेको दिनदेखि पाँच दिन म्याद थप गरेको हो । अदालतले पूर्व सहकर्मी शालिकराम पुडासैनीको आ८त्मह८त्या दु८रुत्साहन गरेको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिनुभयो ।

प्रहरीले लामिछानेसँगै पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराइएको थियो । लामिछानेलगायत तीन जनाको पक्षबाट वरिष्ठ अधिवक्ता सुनिल पोखरेल, चुडामणि सापकोटासहित तीन वकिलले बहस गर्नुभएको छ ।

तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने बताइएको छ । कानूनी प्रावधानअनुसार बढीमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्छ ।

माउण्टेन टेलिभिजनका पत्रकार पुडासैनीलाई आ८त्मह८त्या गर्न दुरुत्साहन गरिएको अभियोगमा प्रहरीले तीनै जनालाई काठमाडौँबाट पक्राउ गरी चितवन अदालतमा हाजिर गराएको हो । लामिछानेका समर्थकले आज दिनभर जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत परिसरमा प्रदर्शन गरेका छन् ।

उनीहरुले लामिछानेको यथाशीघ्र रिहाइको माग गरेका छन् । लामिछाने र कँडेललाई न्यूज २४ को कार्यालयबाट तथा कार्कीलाई काठमाडौँको कलङ्कीबाट बिहीबार साँझ पक्राउ गरिएको थियो ।

रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार