
श्रावण ३१, २०७६ — चितवन जिल्ला अदालतले रवी लामिछाने सहित ३ जनालाई अनुसन्धानका लागि भन्दै ५ दिन हिरासतमा राख्न म्याद थप गरेको छ । न्यायाधीश विनोदकुमार शर्माले बिहीबारदेखि नै लागू हुनेगरी ५ दिन हिरासतमा राख्न म्याद थप गरेका हुन् ।
शुक्रबार बिहान भएको बहसको आधारमा रवी सहित ३ जनालाई अनुसन्धानको लागि म्याद थपिएको हो । तीनैजना प्रहरी हिरासतमा रहनेछन् ।
प्रहरीले बिहीबार बेलुकी टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेलाई कार्यालयबाटै पक्राउ गरेर चितवन लगेको थियो। चितवन र काठमाडौं प्रहरी परिसर टोलीले लामिछाने र पत्रकार युवराज कँडेललाई बिहीबार पक्राउ गरेको थियो।