
पाँचथर, श्रावण २९गते । सुनसरीको बर्जु गाउँपालिका-५ पुरानो नहर टोलका २६ बर्षीय प्रदिप यादवले श्रीमतीलाई कुटपिट गर्दा २३ बर्षीया श्रीमती अवन देवी यादवको मृत्यु भएको छ ।
मंगलवार बिहान घरायशी बादबिबादका कारण श्रीमतीलाई कुटपिट गर्दा गम्भीर घाईते भएकी यादवको उपचारको क्रममा बिराटनगरको लाईफ गार्ड अस्पतालमा मंगलवार बेलुका ७ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय चिमडीले जनाएको छ ।
घटना पश्चात फरार रहेका अभियुक्त प्रदिप यादवको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।