बुबाको हत्यामा, छोरा पक्राउ

साउन २४,२०७६: दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा कमल गाउँपालिका–१ बस्ने ३१ वर्षीय प्रकाश थापालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको कारण प्रकाशले आफ्नै बुबा ७० वर्षीय सूर्य बहादुर थापालाई चिर्पट प्रहार गर्दा सूर्यबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै बुबालाई चिर्पट प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले प्रकाशलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार