१२ किलो सुनसहित दुई नागरिक पक्राउ

साउन २३,२०७६: बङ्गलादेशको राजधानी ढाकामा रहेको एक अन्तराष्ट्रिय विमानस्थलबाट दुई जापानी नागरिकलाई १२ किलोग्राम सुनसहित पक्राउ गरिएको विमानस्थलका एक राजस्व अधिकारीले बताएका छन् । मलेसियाबाट बङ्गलादेश पुगेका दुई जापानी नागरिकलाई उक्त सुनसहित बिहीबार पक्राउ गरिएको हो ।

बङ्गलादेश राजस्व अनुसन्धान निर्देशनालयका उप निर्देशक पायल पाशाले सिन्ह्वासँग भन्नुभयो, “ राजस्व विभागले उनीहरूले सुनसहित प्रवेश गर्दै गरेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूसँगबाट जफत गरिएको १२ किलोग्राम (३० थान सुनका टुक्रा) को मूल्य बिहीबारको बजार मूल्य अनुसार छ करोड बङ्गलादेशी टाका (सात लाख १४ हजार अमेरिकी डलर बराबर) रहेको उप निर्देशक पाशाले बताउनुभयो ।

“जापानी नागरिकहरूले हजरात शाहजलाल अन्तर्रा्ष्ट्रिय विमानस्थलको हरियो गेट पार गर्ने क्रममा पाइन्टको खल्तीमा लुकाइराखेको अवस्थामा उक्त सुन जफत गरिएको छ,” उहाँले बताउनुभयो । भन्सारले उनीहरूलाई बङ्गलादेशी प्रहरीको जिम्मा लगाईसकेको बताइएको छ ।

स्रोतका अनुसार विदेशी सुन तस्करसँग मिलेर बङ्गलादेशी आपराधिक गिरोहहरूले गैरकानूनी रूपमा ठूलो पैमानामा सुन, विदेशी मुद्रा, लागु औषध तथा प्रतिबन्धित औषधीहरू भित्राउने गर्छन् ।

(रासस÷सिन्ह्वा)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार