पहिरोले घर पुरिदा तीनजनाको मृत्यु

पाँचथर: बागलुङको तमानखोला गाउँपालिका( ४ लामेलामा पहिरोले घर पुरिदा तीनजनाको मृत्यु भएको छ।तमानखोला( ४ का वडाध्यक्ष उदिन छन्त्यालका अनुसार ज्यान गुमाउनेमा ४५ वर्षीया सन्तकुमारी सिर्पाली, ७० वर्षीया अन्सारी सिर्पाली र १२ वर्षीय प्रविण सिर्पाली रहेका छन्।

मृत्यु हुनेमा अन्सारी र प्रविण नातामा हजुरआमा र नाती हुन् भने सन्तकुमारी छिमेकी हुन्। अविरल वर्षापछि आइतबार राति १ बजे तिर आएको पहिरोमा पुरिए‍का ७ जनाको स्थानीय र प्रहरीले उद्धार गरेका छन्। घाइतेको अवस्था सामान्य रहेको स्थानीय बसन्त घर्तीले बताए।

साभार अन्नपूर्ण बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार