गुल्मी, साउन १९ । गुल्मीको मदाने गाउँपािलकामा आफ्नै साथीको टाउकोमा खुकुरी प्रहार गरेका छन् । गएराति १० बजे सँगै मदिरा सेवन गरिरहेका बसन्त चन्दले बाबुराम बोहरालाई खुकुरी प्रहार गरेका हुन् ।

मदाने गाउँपालिकाको वडा नम्बर १ का बसन्त चन्दले बाबुराम बोहरालाइ खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । टाउको पछाडी गम्भीर चोट लागेका बोहरालाई जिल्ला अस्पतालबाट पाल्पा रिफर गरिएको छ ।

खुकुरी प्रहार गर्ने चन्दलाई पुर्कोटदह ईलाका प्रहरी कार्यालय मार्फत पक्राउ गरि तम्घास ल्याउदै गरिएको गुल्मीका प्रहरी प्रबक्ता मिन बहार्दु घलेले बताए । एजेन्सी