घर नजिकैको पोखरीमा डुबे दुई बालक

गणेशमान चारनाथ नगरपालिका–२ वीरेन्द्र बजारस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु’ भएको छ । पोखरीमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु’ भएको प्रहरीले जनाएको छ ।स्थानीय सविन मगरका १२ वर्षीय छोरा आदित्य र हरिबहादुर मगरका ११ वर्षीय छोरा अकाशको पानीमा डुबेर मृत्यु’ भएको प्रहरी नायब उरीक्षक रामेश्वर कार्कीले बताउनुभयो ।

घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा दुवै बालक गहिरो ठाउँमा पुगेर डुबेका हुन् । पानीमा डुबेर अचेत अवस्थामा भेटिएका ती बालकको जनकपुर अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु’ भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार