पाँचथर ०६, श्रावण ।। पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ७ को भारपामा निर्माण भैरहेको पार्क छत भत्किदा २ जनाको घटना स्थलमै ज्यान गएको छ भने अन्य २ जना घाइते भएका छन् । मेची राजमार्गमा रहेको भारपा स्थित बरको फेदमा बनाइएको किराँत वंशका पहिला राजा यलम्बरको शालिक लाई छानो लगाएर सटरिङ खोल्ने क्रममा दुर्घटना भएको हो । गत असार १९ गते गरेको ढलान खोल्ने क्रममा सोही स्थानमा ५० बर्षिय जगत राइ र ५१ बर्षिय रुद्र राइको मृत्यु भएको छ भने संगै काम गरिरहेका ४४ बर्षिय सइ कुमार राइ र ५१ बर्षिय विर प्रसाद राइ घाइते भएका छन् ।
उपभोक्ता तथा पालिकाको लागतमा उक्त पार्क निर्माण भैरहेको थियो । मृत्यु तथा घाइतेहुनेहरु स्वयं मिष्त्री तथा उपभोक्ता समितिमा समेत रहेको बताइएको छ । अवैज्ञानीक निर्माण र सिमेन्ट बालुवा र रडको मात्रा नमिल्दा घट्ना हुन पुगेको स्थानीयले बताएका छन् ।